
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले गरेको फैसलाको पूर्णपाठविना पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन्।
आज दिउँसो विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले सत्ता गठनबन्धनमा भएको सहमतिअनुसार अदालतको फैसालाको पूर्णपाठ विनै गृहमन्त्रालय पाउनुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले भने , ‘मन्त्रालय दिन किन फैसलाको पूर्ण पाठ चाहियो पुराण बाचन गर्ने हो र ?’
ओलीले गठबन्धनमा रहेको रास्वपालाई गृहमन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड र आफु विच पनि सहमती कायमै रहेको बताए।
उनले प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनकै उम्मेदवारलाई सहमति गरेर साझा राष्ट्रपति बनाउने कुरालाई नै साझा राष्ट्रिय सहमतिको कुरा गरेको बताए। अध्यक्ष ओलीले भने, ‘साझा राष्ट्रिय सहमति भनेकै सत्ता गठबन्धनभित्रैबाट राष्ट्रपति बनाउने भन्ने कुरा हो बाहिरको उम्मेदवारलाई बनाउने भन्नेकुरा हैन।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कांग्रेसलाई राज्यमन्त्री दिएपनि सरकारमा सहभागी हुने टिप्पणी गरे।
प्रतिक्रिया