नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रिती राईको नाममा एक गोल रह्यो । खेलको १९ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन् ।
पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् । खेलको ६१ औं मिनेटमा कप्तान प्रितीले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ६२ औं मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४-० ले विजयी भयो ।
यससँगै अमिशाले नयाँ कीर्तिमान बनाएकी छन्। जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालका लागि पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेकी छन्। जारी प्रतियोगिता भएको यो चौथो ह्याट्रिक हो।
भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।













प्रतिक्रिया