Pura Samachar

सुनको मूल्य तोलाको ५ सय रुपैयाँले वृद्धि

प्रकाशित: February 6, 2023
पूरा समाचार

सुनको मूल्य तोलाको ५ सय रुपैयाँले वृद्धि

काठमाडौं। दुई दिनदेखि घट्न थालेको सुनको मूल्य पुन: बढेको छ। सोमबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य थोरै घटेपनि स्थानीय बजारमा भने स्थिर रहेको छ।आइतबार चाँदी तोलामा ३० रुपैयाँले घटेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि बढेको छ। आइतबार सुन प्रतिऔंस १८६५.९४ डलरमा रहेको सुन बढेर सोमबार १८७७.४६ डलर कायम छ। चाँदी प्रतिऔंस २२.३५ डलरबाट २२.४९ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया