Pura Samachar

आज नेप्से सूचक ७६.६४ अंकले सुधार

प्रकाशित: February 7, 2023
पूरा समाचार

आज नेप्से सूचक ७६.६४ अंकले सुधार

मंगलबार नेप्से सूचक ७६.६४ अंकले सुधार भएको छ । नेप्से सूचक ३.६५ प्रतिशतले बढेर २१७७.३४ अंकमा रोकिएको छ । आज २१५ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा एउटा पनि कम्पनीको शेयर मूल्य घटेको छैन । सर्वाधिक सुधार हुने क्रममा ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार तीन अर्ब ३६ करोडको कारोबार भएको छ । सबैभन्दा धेरै लगानीको सूचक ६.२५ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स र हाइड्रोपावरको सूचक ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया