Pura Samachar

आज भारत र अस्ट्रेलिया टेस्ट सिरिजको पहिलो खेल नागपुरको जाम्था स्टेडियममा सुरु हुँदै

प्रकाशित: February 9, 2023
पूरा समाचार

आज भारत र अस्ट्रेलिया टेस्ट सिरिजको पहिलो खेल नागपुरको जाम्था स्टेडियममा सुरु हुँदै

काठमाडौं ।

भारत र अस्ट्रेलिया टेस्ट सिरिजको पहिलो खेल बिहीबारदेखि नागपुरको जाम्था स्टेडियममा सुरु हुँदैछ । खेल बिहान ९ः१५ देखि सुरु हुनेछ । यो भारत–अस्ट्रेलियाका लागि महत्वपूर्ण छ । यो खेल जितेर भारत आइसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलमा पुग्न एक कदम अगाडि बढ्न चाहन्छ ।

अस्ट्रेलिया ६ वर्षपछि भारतलाई उसकै घरेलु मैदानमा टेस्टमा हराउन चाहन्छ । उसले अन्तिमपटक सन् २०१७ मा पुणेमा भएको टेस्टमा भारतलाई हराएको थियो । भारत र अस्ट्रेलियाले पहिलोपटक २८ नोभेम्बर १९४८ मा टेस्ट क्रिकेट खेलेका थिए । त्यसयता अस्ट्रेलिया र भारतबीच कुल १०२ टेस्ट म्याच भएका छन् । जसमा अस्ट्रेलियाले ४३ र भारतले ३० खेल जितेको छ ।समग्रमा अस्ट्रेलियाको रेकर्ड राम्रो छ । तर, घरेलु मैदानमा अस्विरट्रेलिद्ध भारत हाबी हुँदै आएको छ । भारतको ब्याटिङ लाइन हेर्दा कप्तान रोहित शर्मा पछिल्लो २ वर्षदेखि फर्म र चोटसँग संघर्ष गरिरहेका छन् । त्यस्तै, पूर्वकप्तान विराट कोहलीले आफ्नो अन्तिम टेस्ट शतक २०१९ को नोभेम्बरमा बंगलादेशविरुद्ध का थिए । त्यसपछि उनले टेस्टमा ६ अर्धशतक बनाए पनि शतक भने बनाउन सकेका छैनन् ।रोहित चोटका कारण अधिकांश समय टोलीबाट बाहिर रहेका छन् । उनले भारतका लागि पछिल्लो १० खेलमध्ये २ मात्र खेलेका छन् । विकेटकिपिङमा ऋषभ पन्तको अनुपस्थितिमा पहिलोपटक टोलीमा सामेल भएका इशान किशन वा डेढ वर्षदेखि बेन्चमा बसेका केएस भरतमध्ये एकलाई मौका मिल्न सक्छ । यी बाहेक टी–२० मा आक्रामक ब्याटर सूर्यकुमार यादवले पनि डेब्यु गर्ने सम्भावना छ ।

प्रतिक्रिया