Pura Samachar

सुनचाँदीकाे मूल्य बढयाे

प्रकाशित: February 9, 2023
पूरा समाचार

सुनचाँदीकाे मूल्य बढयाे

whatsapp sharing button
काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बुधबारको तुलनामा सुन प्रतितोला १ सय र चाँदी ५ रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर १ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया