
काठमाडौं, २६ माघ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक एमाले मुख्यालय च्यासलमा सुरु भएको छ। बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा पछिल्लो समय देखिएको सामान्य समस्या, सुदूरपश्चिम प्रदेश सरकार लगायतको विषयमा छलफल भैरहेको एमालेले जानकारी दिएको छ ।
बैठकमा आन्तरिक विषयबारे पनि छलफल हुँदैछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया