Pura Samachar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

प्रकाशित: February 10, 2023
पूरा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।   संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गर्न निर्देशन दिएको छ। ठाकुरले निजी एयरलाइन्स थाइ स्माइलका कर्मचारीसँग गैरकानूनी लाभ लिने उद्देश्यले कुरा गरेको अडियो सामग्री भेटिएको मन्त्रालयले जानकारी दिएको छ।

ठाकुरले एयरलाइन्सबाट लाभ लिनेगरि गरेको कुरकानीको अडियो प्राप्त भएको र त्यसबारेमा थप अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले यसबारेमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिसकेको छ।

प्रतिक्रिया