Pura Samachar

नेपाली बजारमा सुनको मूल्य बढयाे

प्रकाशित: February 12, 2023
पूरा समाचार

नेपाली बजारमा सुनको मूल्य बढयाे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तालोमा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया