Pura Samachar

आज सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: February 13, 2023
पूरा समाचार

आज सुनचाँदीको मूल्य स्थिर

सोमबार सुन र चाँदीको मूल्य स्थिर छ। आइतबार सुन प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको थियो।

सोमबार पनि प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

संघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। गत आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५९.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया