
काठमाडौं।आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने नेपाल , नामिबिया र स्कटल्याण्ड बिचको सिरिज आज देखि सुरु हुदै छ ।काठमाडौं कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग आज मंगलबार खेल्दै छ।नेपालले आफ्नो घरलु मैदानमा बलियो टोली नामिबिया लागि पराजित गर्दै सिरिजको सुरुवात गर्ने दाउमा हुने छ।
कीर्तिपुरस्थित त्रिवि मैदान हुने भोलिको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।लिग–२ मा नेपाल नामिबिया भन्दा कमजोर देखिएको छ।तर नेपालले नामिबियालाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने दाउमा हुने छ।
यता नामिबियाले नेपाललाई पराजित गरेर सिरिजको सुरुवात गर्ने दाउमा रहेको छ। भने नेपाललाई बलियो टोली नामिबियालाई पराजित गर्ने भने सहज हुने छन् ।कुन भने नेपाली एकदिवसीय खेलमा नामिबियालाई पराजित गर्ने सकेको छैन ।
युवा खेलाडीको जोस जाँगरमा नेपालले यस अघिको नतिजालाई पछि पार्दै नामिबियालाई पराजित गर्ने दाउमा हुने छ।नेपालले यस हारको समाप्त गर्ने भोलि नयाँ युवा टोलीलाई मौका दिने सम्भावना रहेको छ।
नेपालको भोलि ओपनिङ ब्याटरको आसिफ शेख र कुशल भुर्तेलले सम्हाले सम्भावना रहेको छ।भने तेस्रो नम्बरमा नेपालका पूर्व कप्तान तथा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले मौका पाउन पक्का रहेको छ ।
यस्तै चौथो स्थानमा कप्तान रोहितकुमार पौडेल आफू आउने पक्का रहेको छ ।रोहितकुमार पौडेल नेपालका लागि एकदिवसीय खेलमा धेरै रन बनाउने खेलाडी पनि हुन।पाँचौं नम्बरमा पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरीले मौका पाउने पक्का छ ।छैटौँ स्थानमा कुशल मल्लले मौका पाउने सम्भावना रहेको छ ।
सातौँमा नम्बरमा करण केसीले मौका पाउने सम्भावना रहेको छ भने आठौँमा सोमपाल कामीले मौका पाउने सम्भावना रहेको छ।नवौँमा सूर्य तामाङ र गुल्शन झा मध्य एकले मौका पाउने सम्भावना रहेको छ।यदि भोलि सूर्यले मौका पाए नेपाल टिमका पहिलो पटक मौका पाउने छन्।भने दशौँमा सन्दीप लामिछाने र एघारौं स्थानमा ललितनारायण राजवंशीले मौका पाउने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ–११ :
आसिफ शेख (विकेटपिकर),कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी,सोमपाल कामी, गुल्शन झा/ सूर्य तामाङ, सन्दीप लामिछाने र ललितनारायण राजवंशी
प्रतिक्रिया