Pura Samachar

नेपाललाई जितको लागि २८६ रनको लक्ष्य

प्रकाशित: February 14, 2023
पूरा समाचार

नेपाललाई जितको लागि २८६ रनको लक्ष्य

फागुन २, काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेपालबीच किर्तिपुर मैदानमा भइरहेको खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको लक्ष्य दिएको छ ।

नामिबियाले ४९.५ ओभरमा अलआउट हुँदै २८५ रन बनाएको हो । नामिबियाको लागि मिचेल भान लिंगेनले १३३ रन बनाए । १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का हाने । कप्तान गेरहार्ड इरास्मसले ५६, जेन ग्रिनले ३४ रन बनाए ।

नेपालका लागि करण केसीले ५ विकेट लिए । सन्दिप लामिछानेले ३ विकेट लिए । सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए ।

प्रतिक्रिया