Pura Samachar

प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: February 15, 2023
पूरा समाचार

प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रहने

काठमाडाैं । हाल नेपालमा उल्लेखनीय वायुकाे प्रभाव नभएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, बुधबार राती देशभरकाे माैसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ ।

प्रतिक्रिया