Pura Samachar

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

प्रकाशित: February 15, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं- नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँ घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छावापाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले वनाएको छ।

प्रतिक्रिया