Pura Samachar

स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता

प्रकाशित: February 15, 2023
पूरा समाचार

स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता

३ फागुन, काठमाडौं । स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता बनेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा नामिबियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बनेको हो ।७ देश सम्मिलित लिग टुमा यो जितसँगै स्कटल्याण्डको ४८ अंक भएको छ । सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित दोश्रो स्थानमा छ ।स्कटल्याण्डसँग पराजित नामिबियाको भने ३२ खेलबाट ३७ अंक छ र उ तेस्रो स्थानमा छ ।त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले जर्ज मुन्सेको सानदार शतकमा बिना विकेट भेट्टायो । मुन्सेले ६१ बलमा १०३ रनको अविजित पारी खेले । उनले १२ चौका र ७ छक्का प्रहार गरे ।

प्रतिक्रिया