
फाल्गुन ५, काठमाडौ- आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग – २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रवार हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रिनेछ । यसो त आईसीसी क्रिकेट विश्वकप लिग–२ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । नेपालले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । नेपालले स्कटल्यान्डलाई हराउन यी पाँच कमजोरीमा सुधार गर्नुपर्ने हुन्छ। नेपाल स्कटल्यान्डविरुद्ध त्यस्तै प्रदर्शन चाहन्छ । अर्थोड्रक्स स्पिनरको राम्रो सामना
पछिल्लो समय बायाँ हाते अर्थोड्रक्स स्पिनर नेपालका ब्याटरलाई घातक बन्दै आएका छन् । गतवर्ष टि२० विश्वकप छनोटको सेमिफाइनलमा युएईका अहमद राजा, केहि महिनाअघि ओडिआई सिरिजमा अयान खान, लिग-२ मा स्कटल्यान्डका मार्क वाट, ताहिर हम्जा, नामिबियाका बेनार्ड शोल्ट्ज र ओमानका जिशान मकसुद नेपालमाथि हाबी बन्दै आएका छन् ।
स्वलो बायाँ हाते अर्थोड्रक्स स्पिनर नेपाली ब्याटले खुलेर खेल्न सकेका छैनन् । तर स्कटल्यान्डलाई हराउन नेपालले दुई अर्थोड्रक्स स्पिनर मार्क वाट र ताहिर हम्जाविरुद्ध राम्रो ब्याटिङ गर्नुपर्ने हुन्छ । गत जुलाईमा नेपाललाई १ सय २८ रनमा अल आउट गर्न मार्क वाटले तीन र ताहिर हम्जाले चार विकेट लिएका थिए ।
गत डिसेम्बरमा नेपाललाई १ सय ३७ रनमा अल आउट गर्न वाटले ८.१ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका थिए । मध्यक्रममा २० ओभर यी दुई स्पिनरले गर्नेछन् । कमजोर बलमा जोखिम उठाउन सक्नुपर्छ । नेपालसँग बायाँ हाते ब्याटरमा कुशल मल्ल र गुलशन झा छन् ।
पहिलो खेलमा गुलशन झा खेलेका थिएनन् । बायाँ हाते ब्याटरले नै बायाँ हाते बलरसँग राम्रो प्रदर्शन गर्न सक्छन् । यदि नेपालले स्कटल्यान्डलाई हराउने हो भने यी दुई स्पिनरविरुद्ध राम्रो प्रदर्शन गर्न आवश्यक देखिन्छ ।
५.राम्रो सुरुवात र अन्त्य
कुनैपनि टोलीको सुरुवात र अन्त्यले योगफल भरपर्छ । सामान्य योगफलमा स्कटल्यान्डलाई हराउन सकिँदैन । त्यसैले विशाल अथवा बलियो योगफल तयार पार्नुपर्छ । त्यसको लागि नेपालले सुरुवात राम्रो गर्नुपर्छ । पहिलो खेलमा ओपनर कुशल भुर्तेलले राम्रो ब्याटिङ गर्दै शतक हानेका थिए । आसिफ शेख शून्यमै बोल्ड भएका थिए ।
ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भएका थिए । शीर्ष तीन ब्याटरले राम्रो सुरुवात दिलाउनु पर्छ । त्यसपछि आउने ब्याटरले थप खुलेर रन बनाउन सक्ने वातावरण तयार पार्नुपर्छ । मध्यक्रममा ब्याटर दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएका थिए ।
ऐरीबाट नेपाल राम्रो प्रदर्शन चाहन्छ । दीपेन्द्रको ओडिआई प्रत्येक खेल औसत १६.८० छ । नामिबिया नेपाल राम्रो अन्त्य गर्न चुकेको थियो । नेपालले अन्तिम १० ओभरमा आक्रामक रुपमा ब्याटिङ गर्दै राम्रो योगफलमा पुग्नुपर्ने हुन्छ।
प्रतिक्रिया