Pura Samachar

आज महाशिवरात्रि पर्व ,पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो

प्रकाशित: February 18, 2023
पूरा समाचार

आज महाशिवरात्रि पर्व ,पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं :। महाशिवरात्रि पर्व पञ्चांग अनुसार फाल्गुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ। शिव र पार्वतीको विवाह महाशिवरात्रिको दिन भएको मानिन्छ। महाशिवरात्रिको दिन भक्तजनहरू शिव मन्दिरमा गएर जलाभिषेक र रुद्राभिषेक गर्छन्।

यसका साथै मनोकामना पूरा गर्न शिवलिंगमा धेरै चीजहरू चढाइन्छ। तर, कयौं पटक भूलवश केही यस्ता कुराहरू चढाइन्छ, जसलाई शास्त्रमा निषेध मानिएको छ। यस्तो अवस्थामा

महाशिवरात्रिको दिन शिवको पूजामा कुन-कुन चिजको प्रयोग गर्नु हुँदैन त ? थाहा पाउनुहोस्….

तुलसीको पात

हिन्दू धर्ममा तुलसीको विशेष महत्व भएतापनि शिवको पूजामा यसको प्रयोग निषेध गरिएको छ। शिवको पूजामा तुलसीको प्रयोग गर्दा मनोकामना पूरा हुँदैन।

तिल

शास्त्र अनुसार तिल शिवको पूजामा निषेध गरिएको छ। तिलको उत्पत्ति भगवान विष्णुको शरीरको फोहोरबाट भएको विश्वास छ। यही कारण शिवको पूजामा तिलको प्रयोग हुँदैन।

सिन्दुर

शिवलिंगमा सिन्दुर चढाउन निषेध गरिएको छ। यो किनभने सिन्दुरलाई सौभाग्यको प्रतीक मानिन्छ। जबकि भोलेनाथ बैरागी हुन्। शिवलिंगमा खरानी चढाउनु शुभ मानिन्छ।

नरिवल

शास्त्र अनुसार शिवलिंगमा नरिवल जलले अभिषेक गर्नुहुँदैन। नरिवललाई लक्ष्मीको प्रतीक मानिन्छ। यसका साथै यो भगवान विष्णुसँग पनि सम्बन्धित छ। शिवको पूजामा नरिवलको प्रयोग गर्नु हुँदैन।

केतकी फूल

एक भाँडो शुद्ध जल, अक्षता र बेलपत्रले भगवान शिवको पूजा गर्न सकिन्छ। शिव पुराण अनुसार भगवान शिवको पूजामा केतकी फूलको प्रयोग गर्नु हुँदैन।

प्रतिक्रिया