Pura Samachar

आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा:आज दुई खेल हुदै

प्रकाशित: February 18, 2023
पूरा समाचार

आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा:आज दुई खेल हुदै

काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज शनिबार दुई खेल हुदैछ ।

दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछ ।

आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इंग्ल्याण्ड र भारतबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै देश तेस्रो जितको खोजीमा रहेका छन् । दुई खेल खेलेका दुवै देश समान ४/४ अंकमा रहेका छन् ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन खेल इंग्ल्याण्डले जित्दा दुई खेल भारतले जितेको छ ।

आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजे आयोजना हुनेछ ।

अष्ट्रेलिया आजको खेल जितेर सेमिफाईनल प्रवेश गर्न चाहान्छ । आजको खेल जितेर आयोजक दक्षिण अफ्रिका सेमिफाईनल सम्भावना मजबुत बनाउँन चाहान्छ ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा अष्ट्रेलिया अपराजित रहेको छ ।

यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।

सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।

दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

प्रतिक्रिया