Pura Samachar

नेपालकाे नामिबियामाथि तीन विकेटको सानदार जित

प्रकाशित: February 18, 2023
पूरा समाचार

नेपालकाे नामिबियामाथि तीन विकेटको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ ।जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङको योगदान दिए । आइसिसी विश्वकप लिग २ मा नेपालले पहिलो पटक एकै सिरिजमा तीन खेल जितेको हो ।नेपालका युवा ओपनर आसिफ शेखले ९८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए । आसिफको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो । अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल ७४ बलमा ५ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए ।ज्ञानेन्द्रको यो ओडिआई करिअरको सातौं अर्धशतक हो । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । जुन कुनैपनि विकेटका लागि नेपालबाट ओडिआईमा बनेको उच्च साझेदारी हो । यसअघि नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए ।तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई एक रनमा क्याच आउट गराएका थिए । स्क्वायर लेगमा कुशल पिक्की या फ्रान्सबाट क्याच आउट भएका थिए । त्यसपछि ज्ञानेन्द्र र आसिफले कीर्तिमानी शतकीय साझेदारी गर्दै जित सहज बनाएका थिए ।दीपेन्द्र एक रनमा आउट भए । सन्दीप जोेरा ३ रनमा आउट भए । सोमपाल कामी ८ रनमा अविजित रहे । सोमपाल कामीले स्पिनर जेरार्ड इरास्मसलाई लङअफमा विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।स्कटल्यान्डका बेनार्ड स्कोट्जले १० ओभरमा २ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए । रुबेन ट्रम्पलम्यानले १० ओभरमा ७१ रन खर्चेर ३ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । नामिबियाका विकेटकिपर जेन ग्रीनले ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त हुन सकेन ।

प्रतिक्रिया