Pura Samachar

इंग्ल्यान्डले न्युजिल्यान्डमाथि २ सय ६७ रनको सानदार जित

प्रकाशित: February 19, 2023
पूरा समाचार

इंग्ल्यान्डले न्युजिल्यान्डमाथि २ सय ६७ रनको सानदार जित

एजेन्सी – इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि २ सय ६७ रनको सानदार जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ।जितको लागि ३ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड दोस्रो इनिङमा १ सय २६ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए ।

माइकल ब्रेसवेल २५ र टम लाथमले १५ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जिमी एन्डरसनले ४–४ विकेट लिए । ओली रोविन्सन र ज्याक लेचले एक एक विकेट लिए ।
त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङमा ३ सय ७४ रनमा अल आउट भएको थियो ।

इंग्ल्यान्डका जो रुटले ६२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाए । ह्यारी ब्रुक ५४, बेन फोक्स ३१, ओली रोविन्सन ३९, ओली पोप ४९, ज्याक क्रली २८ र बेन डकेट २५ रनमा आउट भए । न्युजिल्यान्डका ब्लेयर टिकनर र माइकल ब्रेसवेलले सर्वाधिक तीन तीन विकेट लिए ।

पहिलो इनिङमा न्युजिल्यान्ड ३ सय ६ रनमा अल आउट भएको थियो । न्युुजिल्यान्डका टम ब्लन्डेलले १ सय ८१ बलमा १९ चौका र १ छक्कासहित १ सय ३८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

डेभन कन्वेले ७७ रनको इनिङ खेलेका थिए । न्युजिल्यान्डका प्रमुख ब्याटर केन विलियम्सन पहिलो इनिङमा ६ र दोस्रो इनिङमा शून्यमा आउट भएपछि समस्यामा परेको थियो । इंग्ल्यान्डका ओली रोविन्सनले चार र जेम्श एन्डरसनले तीन विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिन मात्रै ५८.२ ओभरमा ३२५(९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। इंग्ल्यान्डका ह्यारी ब्रुकले ८१ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक ८९ रन बनाएका थिए ।

ओपनर बेन डकेट ६८ बलमा १४ चौकासहित ८४ रनमा आउट भएका थिए । बेन फोक्स ५६ बलमा ५ चौकासहित ३८ रनमा आउट भएका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर निल वाग्ररले सर्वाधिक चार विकेट लिए । कप्तान टिम साउथी र स्कट कुग्गेलिजनले दुई दुई विकेट लिए। दोस्रो टेस्ट खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया