Pura Samachar

कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त

प्रकाशित: February 19, 2023
पूरा समाचार

कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त

काठमाडौं । कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त हुने भएका छन् ।

उनी कैलाली जिल्ला कारगारबाट जेलमुक्त हुन लागेका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी छुट्न लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै ०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही ६ महिना कैदको आदेश सुनाएको थियो ।

यसबाहेक आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसलामा उल्लेख छ । चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने, “सबै प्रक्रिया पूरा भइसकेको छ । उहाँका आफन्तले जिम्मा लिएपछि आजै रिहा हुनुहुन्छ ।”

प्रतिक्रिया