Pura Samachar

पिएसजीकाे लिलेविरुद्ध ४–३ गोल अन्तरको जित

प्रकाशित: February 20, 2023
पूरा समाचार

पिएसजीकाे लिलेविरुद्ध ४–३ गोल अन्तरको जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक जित निकालेको छ । पिएसजीले आइतबार साँझ लिलेविरुद्ध ४–३ गोल अन्तरको जित निकालेको हो । पिएसजीको जितमा केलिएन एमबाप्पेले दुई, नेयमार र लियोनल मेस्सीले एक/एक गोल गरे ।लिलेका लागि बाफोडे डायकाइट, जोनाथन डेविड र जोनाथन बाम्बाले एक/एक गोल फर्काए । पार्क डेस प्रिन्सेस मैदानमा भएको खेल पिएसजीले एमबाप्पेको गोलमा ११ औं मिनेटमा सुरुआती अग्रता पायो । नेयमारले १७ औं मिनेटमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।लिलेका बाफोडे डायकाइटले २४ औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । लिलेकै जोनाथन डेविडले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । ६९ औं मिनेटमा जोनाथन बाम्बाको गोलबाट लिलेले ३–२ को अग्रता लियो ।एमबाप्पेले ८७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–३ को बरारीमा ल्याए । इन्जुरी समयको पाँचौं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई ४–३ को रोमाञ्चक जित दिलाए । योसँगै पिएसजीले दोस्रो स्थानको मार्सेलीसँगको अंक दूरी बढाएको छ ।

प्रतिक्रिया