Pura Samachar

सेयर बजार लगातार ओरालो

प्रकाशित: February 20, 2023
पूरा समाचार

सेयर बजार लगातार ओरालो

काठमाडौं। प्रजातन्त्र दिवसको विदापछि खुलेको सेयर बजार ओरालो नै लागेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा कायम भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षामा सेयर बजारका मुद्दालाई सम्बोधन नगरेपछि सेयर बजार लगातार ओरालो लागेको छ। सोमबार कारोबार रकम सामान्य रुपमा बढेको छ। सोमबार १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा सोमबार पनि हिमालयन डिष्टिलरीको २० करोड रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

सोमबार राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमा सर्किट लागेको छ भने दोर्दी खोलाको सेयर मूल्य पनि बढेको छ। सोमबार जीवन विकास लघुवित्तको सेयर मूल्य धेरै घटेको छ। सोमबार नै गत वर्षको भन्दा आधा लाभांस घोषणा गरेकोले यो लघुवित्तको सेयर मूल्य घटेको हो।

प्रतिक्रिया