
काठमाडौं ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजमा घरेलु टोलीले आज मंगलबार स्कटल्याण्डसँग खेल्दैछ ।३ खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल हुदैछ । टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
यस अघि भएको पहिलो खेलमा स्कटल्याण्डलाई पराजित गरेको नेपालले लगातार दोस्रो जीतको खोजीमा हुने छ।भोलि को खेल जिते नेपालले लगातार चौथो खेल जित्ने छ ।यस अघि नेपालले नामिबियालाई २ खेल्न र स्कटल्याण्डलाई एक चोटि पराजित गरेका छ।
स्कटल्याण्डसँग दोहोरो खेलमा पनि घरेलु भुमीमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहान्छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । यस अघि नामिबियाविरुद्धको तेस्रो खेलमा रहेका एक जना खेलाडी परिवर्तन हुने सम्भावना रहेको छ ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडी रहने सम्भावना रहेको छ ।नामिबियाविरुद्धको पहिलो खेलमा शतक बनाएका कुशलबाट भोलिको खेलमा समेत सोहि अपेक्षा गर्न सकिन्छ ।यस अघि तेस्रो खेलमा नामिबियाविरुद्ध उत्कृष्ट अर्धसतक प्रहार गरेका आसिफले भोलि ठूलो ईनिङ खेल्ने अपेक्षा गरिएको छ। नेपाललाई बलियो स्थितिमा पुर्याउन कुशल र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ ।
तीन नम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने सम्भावना छ । ज्ञानेन्द्रले अन्तराष्ट्रिय क्रिकेटमा पछिल्लो केही खेल यता देखाएको लयलाई जिम्मेवारीका साथ अघि बढाउन जरुरी रहेको छ । यस अघि उनले तेस्रो खेलमा नामिबियाविरुद्द अर्धसतक प्रहार गरेको थिए।
चौथो कुशल मल्ल सम्भावना रहेको छ ।लगातार दुई खेलमा अर्धसतक प्रहार गरेको उनले भोलि पनि लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ।यस अघि उनले स्कटल्याण्ड सँगको खेलमा अर्धसतक किया ८१ रनको विजय रन बनाएका थिए।
पाँचौ स्थानमा कप्तान रोहित पौडेलले स्थान बनाउने छन्।कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।छैटौं नम्बरमा ब्याटर दीपेन्द्र सिंह ऐरी स्थान बनाउने छन् । दीपेन्द्रले यस अघि स्कटल्याण्ड लसँगको खेलमा ८१ रनको विजय रन बनाएका थिए।उनले भोलि पनि उत्कृष्ट ब्याटिङ गर्छन् भन्ने अपेक्षा गरिएको छ।सन्दीप जोराको ठाउँमा भोलि भीम सार्कीले स्थान बनाउने सम्भावना रहेको छ।यस अघिको पहिलो खेलमा राम्रो र जिम्मेवारी पूर्ण ब्याटिङ गरेका जोराले लगातार दुई खेलमा भने आफको क्षमता देखाउन नसक्दा भोलि भीमले मौका पाउने सम्भावना रहेको छ।आठौं र नवौं नम्बरमा करण केसी र सोमपाल कामी रहने छन् । केसी र सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।दशौं स्थानमा गुल्सन झाको ठाउँमा भोलि सूर्य तामाङले पहिलो पटक नेपाली टीममा मौका पाउने सम्भावना रहेको छ। गुल्सन को लगातार खराब बलिङको कारण भोलि सूर्यले मौका पाउने सम्भावना रहेको छ।एघारौं नम्बरमा पूर्व कप्तान सन्दीप लामिछाने रहने छन् । लामो समय पछि टोलीमा फर्किएका पूर्व कप्तान लामिछानेको पहिलो , दोस्रो र तेस्रो खेलको प्रदर्शन उत्कृष्ट रहेको थियो।लामिछाने नेपाली बलिङका प्रमुख हतियार हुन् ।
प्रतिक्रिया