Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: February 21, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- मंगलबार सुनको मूल्य दुईसय रूपैयाँले घटेको छ।  सोमबार एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख ३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य एक लाख २ हजार ५ सय कायम छ, जसको मूल्य सोमबार एक लाख २ हजार ७ सय कायम थियो।

चाँदीको मूल्य भने आज स्थिर छ। आज चाँदीको मूल्य एक हजार २ सय ९० रूपैयाँ कायम छ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको सुनचाँदीको मूल्य सोमबार भने स्थिर थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँ, तेजाबी सुन एक लाख २ हजार र चाँदी एक हजार २ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया