
कोरोना संक्रमण विश्वमै आगो फैलिएझैँ फैलिरहेको छ । भारतमा पनि पछिल्ला दिन संक्रमण बढिरहेको बेलामा अहिले साउथ इंडियन फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई पनि कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केही समयदेखि हैदराबादमा रहेर एक वेब सिरिजको काममा व्यस्त उनलाई अहिले हैदराबादकै एक निजी अस्पतालमा भर्ना गरेर उपचार गरिदै छ ।
उनलाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएर कोरोना जाँच गरिएको थियो । त्यस्तै उनका आमा बुवालाई पनि कोरोना संक्रमण भएको सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया