Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो विदेश भ्रमण फागुन २० गते दोहा जाने कार्यक्रम तय

प्रकाशित: February 22, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो विदेश भ्रमण  फागुन २० गते दोहा जाने कार्यक्रम तय

काठमाडाैँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहाबाट आफ्नो पहिलो विदेश भ्रमण तय गरेका छन् ।

उनी फागुन २० गते दोहा जाने कार्यक्रम तय भएको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनाएका छन् ।

दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको गजुरेलले जानकारी दिए । सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ ।

गत पुस १० गते तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघिसम्म प्रधानमन्त्रीमा नियुक्त भएपछि छिमेकी मुलुक भारतको भ्रमण गर्ने नेपाली राजनीतिमा परम्पराझैं भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया