Pura Samachar

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित: February 23, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।  आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला पाँचसय रुपैयाँले घटेर एक लाख दुई हजार पाँचसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार एक लाख दुई हजार पाँचसय रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख दुई हजार तोकिएको छ। छापावाल सुनको मूल्य बुधबार एक लाख ३ हजार कायम थियो।

यस्तै आज चाँदीको मूल्य एक हजार दुई सय ८५ कायम छ। चाँदी बुधबारको तुलनामा १० रूपैयाँले घटेको हो।

प्रतिक्रिया