Pura Samachar

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडलकाेसाधारण सेयरको निष्कासन तथा बिक्री खुला

प्रकाशित: February 23, 2023
पूरा समाचार

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडलकाेसाधारण सेयरको निष्कासन तथा बिक्री खुला

काठमाडौं- आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओको बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् दुई करोड तीन लाख ३८ हजार रूपैयाँ बराबरको प्रतिसेयर एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।

जसमध्ये कम्पनीले २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ। तीन हजार एक सय १७ कित्ता सेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको छ।

निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयरसम्मको आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो सेयर’ मार्फत सेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी

प्रतिक्रिया