Pura Samachar

सरकारले त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने

प्रकाशित: February 23, 2023
पूरा समाचार

सरकारले त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने

काठमाडौं : सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालको खेल क्षेत्र राष्ट्रिय प्रतिष्ठाको बिषय भएकाले खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै गल्ती हुने जिकिर गरे ।

प्रधानमन्त्री दाहालले चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नु देशकै गौरवको बिषय भएको बताए ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो ।

प्रतिक्रिया