Pura Samachar

नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान

प्रकाशित: February 24, 2023
पूरा समाचार

नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न फागुन १३ गते बिहान ९ बजे बैठक बस्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।

आगामी १३ गते राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ । राष्ट्रपतिको उमेदवारी मनोनय नजिकिँदै गर्दा नेताहरूले दौडधुप बढाएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिबारे नेपाली कांग्रेस र नेकपा (एकीकृत समावादी)सँग छलफल थालेपछि अहिलेको गठबन्धन टुट्न सक्ने आंशका बढेको छ ।

प्रतिक्रिया