Pura Samachar

चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलको बैठक आज अपराह्न ५ बजे पुनः बस्ने

प्रकाशित: February 24, 2023
पूरा समाचार

चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलको बैठक आज अपराह्न ५ बजे पुनः बस्ने

काठमाडौं : चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलको बैठक आज अपराह्न ५ बजे पुनः बस्ने भएको छ ।

बैठक सकारात्मक भएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको थियो । बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको थियो ।

कांग्रेस महामन्त्री थापाले राष्ट्रपति निर्वाचन केन्द्रित छलफलका साथै विभिन्न विकल्पबारे पनि छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया