Pura Samachar

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

प्रकाशित: February 25, 2023
पूरा समाचार

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

शनिबार, फागुन १३, २०७९। राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । 

आज राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ । राष्ट्रपतिमा उमेदवारी दिने/नदिने अथवा कसलाई उमेदवार बनाउने बैठकले निर्णय गर्नेछ ।

अहिलेको सत्ता गठबन्धन टुटेको अवस्थामा एमालेले राष्ट्रपति निर्वाचनमा के गर्छ धेरैले चासोपूर्वक हेरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सबैभन्दा ठूलो दललाई राष्ट्रपति दिने बताएपछि एमाले नेताहरूले वर्तमान सत्ता गठबन्धन छुटेको भन्दै अब सँगै हिँड्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिइसकेका छन् ।

प्रतिक्रिया