Pura Samachar

विश्वकप लिग टू:नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान

प्रकाशित: February 25, 2023
पूरा समाचार

विश्वकप लिग टू:नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आफ्नो आठौं शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गरेको छ ।

नेपाली टोली शनिबार साँझ युएई उडेको हो । यही फागुन १५ देखि २१ गतेसम्म हुने लिग टु शृंखलामा नेपालले घरेलु टोली युएईसहित पपुवा न्यूगिनीसँग खेल्नेछ ।हरेक टिमले एक आपसमा दुई-दुई खेल खेल्नेछन् ।लिग टु को शीर्ष तीनमा रहेर सिधै वान डे विश्वकपको क्वालिफायरमा पुग्ने होडमा रहेका नेपाल र युएईका लागि यो शृंखला महत्वपूर्ण छ ।

युएईमा हुने शृंखलाका लागि रोहित पौडैलको कप्तानीमा १५ सदस्यीय टोलीमा प्रतिश जिसी र श्याम (मौसम) ढकाल नयाँ अनुहारको रुपमा छन् ।

प्रतिक्रिया