Pura Samachar

नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीविरुद्ध खेल्दै

प्रकाशित: February 26, 2023
पूरा समाचार

नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीविरुद्ध खेल्दै

काठमाडौं ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको यूएई सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीविरुद्ध खेल्दैछ । नेपाल र पिएनजी बीचको खेल भोलि सोमबार हुने छ।नेपाली राष्ट्रिय क्रिकेट टिम हिजो नै युएई प्रस्थान गरेको छ।

नेपाल र पिएनजीबीचको खेल भोलि बिहान ११ः४५ देखि दुबई अन्तर्राष्ट्रिय मैदानमा सुरुहुने छ ।युएईमा हुने सिरिजको प्रत्यक्ष प्रशारण नेपालबाट कान्तिपुर टेलिभिजन र आईसीसीको युट्युब च्यानलबाट आउने छ

युएई जानु अघि नेपालले घरेलु मैदानमा नामिबिया र सास्कटल्याण्डसँग लिग–२ अन्तर्गतको सिरिज खेलेको थियो।जुन सिरिजमा नेपालले ४ खेलमा नै जीत हासिल गरेको थियो।

नेपालले यो जितलाई निरन्तरता दिन निकै महत्व रहेको छ।विश्वकप लिग–२ तालिकाको शीर्ष तीनमा स्थान बनाउन नेपाली युएईमा हुने सबै खेलमा १०० प्रतिशत नतिजा ल्याउन पर्ने छन्।

नेपालले लिग टू मा अब ८ खेल खेल्ने बाँकी रहेको छ।जसमा नेपालले ७ खेलमा जित हासिल गरे लिग टू को शीर्ष तिनमा स्थान बनाउने छ। त्यसको लागि युएईमा हुने खेल धेरै महत्त्वपूर्ण रहेको छ ।

यता नेपालले एकदिवसीय मान्यता जोगाउन ५ खेल जित्नु पर्ने छ ।एकदिवसीय मान्यता जोगाउन नेपालले जितको विकल्प छैन।नेपालले युएईमा हुने ४ खेलमा ४ खेलमा नै जीत हासिल गर्ने नसक्ने ३ खेलमा जित हासिल गर्ने दाउमा हुने छ।नेपालका लागि सन्दीप लामिछाने यी सिरिजमा नहुँदा नेपाललाई ठूलो झट्का लागेको छ।

त्यसको लागि नेपालले भोलि हुने पहिलो खेलबाट नै जितको सुरुवात गर्ने दाउमा हुने छ।लिग–२ तालिकाको पुछारमा रहेको छ।भने नेपालले छैटौं स्थानमा रहेका छ।

नेपाली टोली :

रोहितकुमार पौडेल (कप्तान),कुशल भुर्तेल,आसिफ शेख,दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, करण केसी,भीम सार्की, सन्दीप जोरा, ललितनारायण राजवंशी, मौसम ढकाल,प्रतिस जीसी र गुलशन झा ।

प्रतिक्रिया