१५ फागुन, काठमाडौं । अष्ट्रेलियाले छैटौं पटक आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ ।
केपटाउनमा आइतबार भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।
लगातार सातौं संस्करणको फाइनल खेलेको अष्ट्रेलियाले छैटौं पटक उपाधि जित्ने क्रममा दोस्रो पटक उपाधिमा ह्याट्रिक गर्यो । सन् २००९ को पहिलो संस्करणमा फाइनल पुग्न नसकेको अष्ट्रेलियाले २०१०, २०१२ र २०१४ मा लगातार जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो । २०१६ को फाइनलमा भने अष्ट्रेलिया वेष्ट इन्डिजसँग पराजित भयो । त्यसपछि २०१८, २०२० र २०२३ मा उपाधि जित्दै अष्ट्रेलियाले फेरि ह्याट्रिक गरेको हो ।
पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको दक्षिण अफ्रिका भने घरेलु मैदानमै पराजित रह्यो । अष्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि ओपनर लोरा वालभाल्टले सर्वाधिक ६१ रन बनाइन् । उनले ४८ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरिन् । क्लोए ट्रायोनले २५ रन बनाइन् ।













प्रतिक्रिया