
काठमाडौँ– प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिएका छन् ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।
आठ दलीय गठबन्धनले भने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
प्रतिक्रिया