Pura Samachar

न्युजिल्यान्डले इंग्ल्यान्डलाई एक रनले हरायो

प्रकाशित: February 28, 2023
पूरा समाचार

न्युजिल्यान्डले इंग्ल्यान्डलाई एक रनले हरायो

टेस्ट क्रिकेटमै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक रहेको प्रतिस्पर्धामा न्युजिल्यान्डले मंगलबार इंग्ल्यान्डलाई एक रनले पराजित गरेको छ । दुई टेस्ट शृंखलाको दोस्रो टेस्टको अन्तिम टिम सनसनीपूर्ण खेलमा इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय ५६ रन बनाएर अलआउट भयो । इंग्ल्यान्डले जितका लागि २ सय ५८ रनको लक्ष्य पाएको थियो । उसलाई जितका लागि दुई रन चाहिएको स्थितिमा अन्तिम ब्याटर जेन्स एन्डरसन नेल वान्गरको बलमा आउट भए ।

एन्डरसनको अर्को छेउ ज्याक लेच ३१ बलमा एक रन बनाएर नटआउट रहे । फलो अनमा परेको न्युजिल्यान्डले यस टेस्टमा ऐतिहासिक जित निकालेको हो । यससँग दुई खेलको शृंखला १–१ को बराबरीमा टुंगेको छ ।

पाहुना टिमले आफ्नो पहिलो इनिङ्समा आठ विकेट गुमाएर ४ सय ३५ रनमा टुंगेको घोषणा गरेको थियो । त्यसको जवाफमा न्युजिल्यान्डले २ सय ९ रन बनाएयता दोस्रो इनिङ्समा सुदृढ प्रदर्शन गर्दै ४ सय ८३ रनको स्कोर खडा गरेको थियो ।

प्रतिक्रिया