Pura Samachar

पछिल्लो राजनीतिक घटनाक्रसँगै सेयर बजार ओरालो

प्रकाशित: February 28, 2023
पूरा समाचार

पछिल्लो राजनीतिक घटनाक्रसँगै सेयर बजार ओरालो

काठमाडौं। अर्थतन्त्र सुधारोन्मुख भए पनि सेयर बजारमा रौनक घटेको छ। राष्ट्रपति निर्वाचनसँगै केही सातायता दलीय सत्ता समीकरण प्रभावित भएको असर बजारमा देखिन थालेको छ।

एमालेले सरकार छाड्ने निर्णयसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि सोमबारदेखि अर्थ मन्त्रालयको नेतृत्वबाट बाहिरिएका छन्। निजी क्षेत्र र सेयर बजारप्रति सकारात्मक रहेका पौडेलको बहिर्गमनसँगै दोस्रो दिन बजार अझ घटेको छ।

उनी अर्थमन्त्री भएलगत्तै २२०० बिन्दु माथि पुगेको बजार पछिल्लो राजनीतिक घटनाक्रसँगै ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ पनि १.०८ प्रतिशतले घटेको छ। कारोबार पनि घटेर १ अर्ब ३८ करोडमा सीमित छ।

कारोबारका आधारमा युनिभर्सल पावर अग्र स्थानमा छ। कम्पनीको ७ करोड ५५ लाख बराबरको सेयर कारोबार भएको हो। यस्तै शिवम् सिमेन्टको ६ करोड ५० लाख माथिको कारोबार भएको छ।

कम्पनीले केही समय अघि सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा ३२ प्रतिशतसम्म नाफा घटाएपछि निराश बनेका लगानीकर्ता बिक्रीमा सक्रिय बनेका हुन्। फलस्वरुप आज यस कम्पनीको सेयर मूल्य प्रति कित्ता ४८९ रुपैयाँ सम्म घटेको छ।

प्रतिक्रिया