Pura Samachar

आर्सनल एभर्टनमाथि ४–० को फराकिलो जितदर्ता

प्रकाशित: March 2, 2023
पूरा समाचार

आर्सनल एभर्टनमाथि ४–० को फराकिलो जितदर्ता

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले सानदार जित दर्ता गरेको छ। आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई थप पकड बनाएको हो ।

आर्सनलको फराकिलो जितमा गाब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले समान एक गोल गरे । इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।

उनले ओलेक्सन्डर जिनचेन्कोको पासमा गोल गर्न सफल भएको थियो । पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

७१औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले अघि बढाए । उनले लियान्द्रो ट्रोससार्डको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८०औं मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जित सुनिश्चित गरे ।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा म्यानचेस्टर सिटीमाथि ५ अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ । आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ । समान खेलबाटै सिटीको ५५ अंक छ । पराजित एभर्टनलाई रेलिगेसन डर बढेको छ । एभर्टन २१ अंक जोडेर १८औं स्थानमा छ ।

प्रतिक्रिया