Pura Samachar

आज सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: March 3, 2023
पूरा समाचार

आज सुनचाँदीको मूल्य घटयाे

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बिहीबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया