Pura Samachar

अल नसारकाे रोमाञ्चक जित

प्रकाशित: March 4, 2023
पूरा समाचार

अल नसारकाे रोमाञ्चक जित

काठमाडौं।

साउदी प्रो लिग फुटबलमा लिग लिडर अल नासरले रोमाञ्चक कमब्याक जित निकालेको छ ।लिगको सबैभन्दा पुछार १६औं स्थानको टिम अल ब्याटिनविरुद्ध अल नसारले रोमाञ्चक जित हासिल गरेको हो।

लिगको सबैभन्दा पुछार १६औं स्थानको टिम अल ब्याटिनविरुद्ध अल नसारले पछि परेको स्थिति उल्टाएर इन्जुरी समयमा ३ गोल गर्दै ३- १ को रोमाञ्चक जित निकालेको हो ।

अल नासर हालको मुखैमा पुगेका बेला ९० मिनेटपछि थप भएको समयमा ३ गोल गर्दै स्पष्ट जित निकाल्न सफल भयो । लिगको सबैभन्दा पुछारको टिमविरुद्ध खेल जित्नका लागि अल नासरले कम्ता मात्रै संघर्ष गर्नु परेको थिएन ।

जितको कुरा छाडौं, हार पन्छाउनका बराबरी गोलकै लागि पनि अल नासरले चर्को संघर्ष गर्नु परेको थियो । तर, ९३औं मिनेटमा अल नसारले बराबरी गोल गरेको थियो।

त्यसपछि ९०+१२ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।भने ९०+१४ औं मिनेटमा तेस्रो गोल गरेको अल नसारले ३-१ को जीत हासिल गरेको छ।

पनि थप गोल थपेर इन्जुरी समयमा जम्मा ३ गोल गर्दै खेल ३- १ ले जित्दै उपाधि होडमा महत्त्वपूर्ण अंक जोड्न सफल भयो । यो जितपछि अल नासरले शीर्ष स्थानमा २ अंको अग्रता कायमै राखेको छ ।

 

 

प्रतिक्रिया