Pura Samachar

सहिद स्मामर ‘ए’ डिभिजन लिग: नेपाल एपिफ फुटबल क्लबकाे विजयी सुरुवात

प्रकाशित: March 4, 2023
पूरा समाचार

सहिद स्मामर ‘ए’ डिभिजन लिग:  नेपाल एपिफ फुटबल क्लबकाे विजयी सुरुवात

काठमाडौं ।  विभागीय नेपाल एपिफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

ललितपुरको थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो । एपिएफको जितमा मनि कुमार लामा र अर्मान्ड विडोमले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

त्रिपुरेश्व्रस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १९औं मिनेटमा थ्री स्टारका अनिल महर्जनको फ्रिकिकलाई डिफेन्डरले क्लियर गर्दै बचाए । २१औं मिनेटमा कप्तान नविन लामाको फ्रिकिमा अर्मान्डको हेडर पोस्ट नजिकैबाट बाहिरिदा एपिएफ अग्रता लिनबाट चुक्यो । ३३औं मिनेटमा मणि कुमार लामाको प्रहार पहिलो बार च्याप्दै बाहिरियो ।

६१औं मिनेटमा अर्मान्ड विनोङको क्रसमा प्रदीप लामाको प्रहारलाई गोलरक्षक अरुण ब्लोनको उत्कृष्ट बचाउँ गर्दा एपिएफ अग्रता लिनबाट चुक्यो । ७२औं मिनेटमा मनि कुमार लामाले फ्रिकिकमा गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए ।

आँफैलाई लडाएपछि झन्डै ३५ यार्डमा प्राप्त फ्रिकिकमा उनले गरेको प्रहार गोलरक्षक अरुण ब्लोनले राम्रोसँग नियन्त्रणमा नसक्दा बलले जाली चुम्न पुगेको थियो । ७९औं मिनेटमा आदत्य शाक्यको पेनाल्टी बक्स बाहिरको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा थ्री स्टार बराबरीबाट चुक्यो ।

७९औं मिनेटमा प्रदीप लामाको प्रहारलाई गोलरक्षक अरुण ब्लोनले बचाए । ८७औं मिनेटमा अर्माण्ड विनोङले गोल गर्दै एपिएफको जित पक्का गरे । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।

प्रतिक्रिया