Pura Samachar

शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे मिर्तु

प्रकाशित: March 4, 2023
पूरा समाचार

शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे मिर्तु

कास्की – शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे ज्यान गएको छ ।  पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उहाँ चढेकाे डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीकाे टोलीले उहाँकाे उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारकाे लागि गण्डकी मेडिकल कलेज लगिएकाे र उपचारकै क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिनुभयाे ।

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया