
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
आज बिहान खनालको डब्लुस्थित निवासमा दुई नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ ।
आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।
पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन् । पौडेलसँगै नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङपनि राष्ट्रपतिका उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया