Pura Samachar

आज युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल:बार्यन म्युनिख र फ्रान्सको पिएसजी आमनेसामने हुदै

प्रकाशित: March 8, 2023
पूरा समाचार

आज युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल:बार्यन म्युनिख र फ्रान्सको पिएसजी आमनेसामने हुदै

काठमाडौं, फागुन २४

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेशका लागि आज एक हेभिवेट र रोमाञ्चक खेल हुँदैछ, जहाँ युरोपका दुई ठूला क्लबहरू भिड्दैछन् । यो खेलमा जर्मनीको बार्यन म्युनिख र फ्रान्सको पिएसजी आमनेसामने हुन लागेका हुन् । युरोपको सुपर टिम उपमा पाउने पिएसजी चर्को दबाब लिएर आज निर्णायक खेलका लागि बार्यनको घरेलु मैदानमा उत्रिँदैछ । आजको खेलमा घरेलु टोलीमाथि पिएसजीभन्दा कम दबाब हुनेछ । यसअघि पहिलो लेगका पिएसजी आफ्नै घरमा ०–१ ले पराजित भएको थियो । सो खेल हारेपछि पिएसजी दबाबमा छ । अब दोस्रो लेगमा कमब्याक जित निकाल्न नसके लियोनल मेस्सी र केलियन एमबाप्पेको टिम यसपटक पनि अन्तिम १६ बाटै आउट हुनेछ ।

पिएसजी गत सिजत पनि अन्तिम १६ मा स्पेनको क्लब रियल मड्रिडसँग लज्जास्पद हार भोग्दै आउट भएको थियो । गत सिजन रियलले गरेको काम यसपटक बार्यनले गर्ने खतरा छ । यदि म्युनिखमा उत्रिँदा पिएसजीले २ गोलको अन्तरमा जित निकाल्न सकेन वा निर्धारित समयभित्र गोल नखाई आफूले १ गोल गरेर कम्तीमा बराबरी गर्न सकेन भने त्यो बेला खेल पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ । यो खेल हुँदा बार्यनले आफ्नो घरलु मैदान र आफ्ना दर्शकका साथ खेल्ने हुँदा मानसिक रूपमा बार्यनलाई सहज हुनेछ ।

यी दुई टिम पछिल्ला वर्षका बीचमा तेस्रोपटक एअर्काको सामना गर्न लागेका हुन् । सिजन २०१९–२० को फाइनलमा यी दुई टिम भिड्दा त्यहाँ बार्यनले पिएसजीलाई १–० ले हराएर उपाधि जितेको थियो । त्यसपछि अघिल्लो सिजन यी दुई टिम क्वार्टरफाइनलमा भिड्दा त्यहाँ पिएसजीले बार्यनलाई आउट गराएको थियो । यसपटक उनीहरूको भेट अन्तिम १६ मै भएको छ । पहिलो लेग हारेको पिएसजी यसपटक पनि खराब नतिजाका भोगेर बेलैमा आउट हुनबाट बच्न आज म्युनिखमा घरेलु टोलीविरुद्ध कमब्याक जित निकाल्न गर कि मरको अवस्थामा खेल्ने पक्का छ । पिएसजीका लागि यो खेल फाइनल सरह हो ।

आज पाहुना टोली बनेर बार्यनको घरेलु मैदानमा जान लागेको पिएसजीका केही प्रमुख खेलाडी चोटका कारण उपलब्ध हुनेछैनन् । ब्राजिलियन फरवार्ड नेइमार र फ्रेन्च डिफेन्डर प्रेस्नल किमपेम्बे दुवै नहुने पक्का भएको छ । पिएसजीले टोली घोषणा गरिनसकेकाले अन्य खेलाडीको अवस्थाबारे खुलेको छैन । उता, बार्यनका एक युवा खेलाडी बेन्जामिन पाभार्ड प्रतिबन्धका कारण आजको खेलमा उपलब्ध हुनेछैनन् । तर, यसअघि चोटका कारण पहिलो लेगा गुमाएका साडियो माने चोटमुक्त हुँदै टोलीमा फर्किएका छन् । अन्य सबै खेलाडी बार्यनको टोलीमा उपलब्ध हुनेछन् । यो खेल नेपाली समय अनुसार बिहानको राति १ः४५ बजेबाट बार्यनको घरेलु मैदानमा सुरु हुनेछ ।

प्रतिक्रिया