Pura Samachar

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित: March 8, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं- बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला एक हजार रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार एक लाख दुई हजार पाँचसय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला एक लाख एक हजार पाँचसय रूपैयाँ कायम छ।

तेजाबी सुनको मूल्य एक लाख एक हजार तोकिएको छ। जसको मूल्य मंगलबार एक लाख दुई हजार कायम थियो।

चाँदीको मूल्य बुधबार ४० रूपैयाँले सस्तिएको महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य बुधबार एक हजार २ सय २५ कायम छ। चाँदी मंगलबार एक हजार २ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया