Pura Samachar

जावलाखेल युथ क्लबकाे लगातार दोस्रो जित, मछिन्द्रकाे लगातार दुई हार

प्रकाशित: March 9, 2023
पूरा समाचार

जावलाखेल युथ क्लबकाे लगातार दोस्रो जित, मछिन्द्रकाे लगातार दुई हार

२५ फागुन,  काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमै साविक विजेता मछिन्द्रलाई हराएको जावलाखेलले एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एनआरटीलाई २-० ले हराउँदै सिजनको दोस्रो जित निकालेको हो ।

जावलाखेलका लागि कप्तान सिमान्त थापाले ६८औं र फोडे फोफानाले ७७औं मिनेटमा गोल गरे ।
एनआरटीका लागि सन्जिव विष्टले ८०औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग उही नतिजामा पराजित भएको एनआरटी लगातार दोस्रो हारपछि अंक बिहीन छ ।

पहिलो खेलमा मछिन्द्रलाई हराएको जावलाखेलको भने ६ अंक भएको छ ।साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा सुरुमै लगातार दुई हार बेहोरेको छ ।च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक उपविजेता त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भयो । यसअघि पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भएको थियो ।

आर्मीलाई सिजनको पहिलो जित हात पार्ने क्रममा दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

आर्मीका लागि दिपक गुरुङले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । नवयुग श्रेष्ठले ५९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितपछि दुई खेलबाट आर्मीले ४ अंक जोडेको छ । लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्र भने लगातार दुई हारपछि अंकबिहीन छ ।

प्रतिक्रिया