Pura Samachar

सुनको भाउ बढयाे

प्रकाशित: March 10, 2023
पूरा समाचार

सुनको भाउ बढयाे

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनमा प्रतितोला आठ सय रुपैयाँले बढोत्तरी भएको हो । महासंघका अनुसार हिजो (बिहीबार) नेपाली बजारमा एक लाख एक हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (शुक्रबार) प्रतितोला आठ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँ पुगेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो (बिहीबार) तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय बीस रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया