Pura Samachar

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

प्रकाशित: March 11, 2023
पूरा समाचार

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुललाई बर्नेमाउथले १-० गोल अन्तरले हराएको हो ।

बर्नेमाउथको मैदानमा मोहमद सलाह पेनाल्टीमा चुकेपछि लिभरपुलले हार व्यहोरेको हो ।

खेलको ७० औं मिनेटमा लिभरपुलले पेनाल्टीबाट बराबरी गोल गर्ने अवसर पाएको थियो ।

तर, पेनाल्टीमा सलाहले बाहिर प्रहार गरे ।

त्यसअघि खेलको २८ औं मिनेटमा फिलिप विलिङले गोल गर्दै बर्नेमाउथलाई सुरुआती अग्रता दिलाएका थिए ।

जितसँगै बर्नेमाउथले २६ खेलमा २४ अंक जोडेको छ ।

बर्नेमाउथ १६ औं स्थान रहेको छ ।

लिभरपुल ४२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया